‘एसियन आइकन’ बने भारतीय फुटबल कप्तान सुनिल क्षेत्री, रोनाल्डो र मेस्सीपछि उनकै गोल धेरै

 साउन १९, २०७५ शनिबार १०:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली फुटबल महासंघ (एएफसी)ले भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीलाई एसियाली आइकन नामाकरण गरेको छ ।

क्षेत्रीको ३४औं जन्मदिनको अवसरमा उनलाई एसियाली फुटबलको सर्वोच्च संस्था एएफसीले यो सम्मान दिएको हो । सन् २००५ देखि भारतीय टिममा रहँदै आएका सुनिलले हालैमात्र एक सय क्याप पार गरेका छन् । समकालीन खेलाडीमा उनी एसियाकै सर्वाधिक गोल कर्ता समेत हुन् ।

सन् २००५ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका उनले कुल १०१ खेलमा ६४ गोल गरेका छन् । अहिलेसम्म सक्रिय गोलकर्ताको सूचीमा सुनिल क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भन्दा पछि तेस्रो स्थानमा छन् ।

उनको जन्मदिनलाई सम्झन लायक बनाउनका लागि एएफसीले उनको व्यक्तिगत विवरण, करियरको नालिबेली र उनको प्रदर्शन समेटेको छ ।

‘लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको युगमा अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो सर्वाधिक गोल कर्ता बन्नु ठूलो उपलब्धि हो, एसियाली खेलाडी मेस्सीभन्दा एक गोलले मात्र पछि पर्नु एएफसीका लागि गर्वको विषय हो’, एएफसीले लेखेको छ ।

‘भारतीय टिमका सबैभन्दा धेरै खेल खेल्ने र सबैभन्दा धेरै गोल गर्ने खेलाडीको ३४औं जन्मदिन हामी मनाउँदैछौं ।’

‘क्रिकेट मौलाएको भारतमा क्षेत्री फुटबल पृष्ठभूमिान जन्मिएका थिए । उनको पिता भारतीय आर्मी थिए भने आमा र आन्टी नेपालबाट फुटबल खेल्दथे ।’

सुनिलले भारतको आठवटा क्लबबाट खेलेका छन् । यस्तै पोर्चुगलको स्पोर्टिङ सिटीबाट पनि फुटबल खेले । यस क्रममा उनले एएफसी च्यालेञ्ज कप (२००८), साफ कप (२०११, २०१६), आई–लिग (२०१०, २०१३, २०१४, २०१६) जितेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया