के कण्डम धोएर फेरि प्रयोग गर्न सकिन्छ ? यसो भन्छन् डाक्टर

 साउन १९, २०७५ शनिबार १३:३८:४ | एजेन्सी
unn.prixa.net

हेल्लो, तपाईँलाई यो सामग्री उपयोगी हुन सक्छ : यदि तपाईँ शारीरिक सम्पर्कका क्रममा कण्डम प्रयोग गर्नुहुन्छ, नफाल्नुहोस्, त्यसलाई धुनुहोस्, रुमालझैँ सुकाउनुहोस र पुनः प्रयोग गर्नुहोस् ।

यदि तपाईँलाई यस्ता सूचना तथा समाचार उपयोगीझैँ लाग्छन भने अमेरिकाको रोग नियन्त्रण केन्द्र(सीडीसी) को कुरालाई पनि ध्यान दिनुहोला ।

सीडीसीले ट्वीट गर्दै भनेको छ, ‘हामीले यो भन्छौँ किनकी मानिसहरु यस्तै गर्छन्, कण्डम धोएर प्रयोग नगर्नुहोस् । प्रत्येक पटकको शारीरिक सम्पर्कका क्रममा नयाँ कण्डम प्रयोग गर्नुहोस् ।’ 

केन्द्रले जुलाईको अन्त्यतिर ट्वीट गरेर यो सूचना जारी गरे पनि अहिलेसम्म पनि मानिसहरु यसका बारेमा कुरा गरिरहेका छन् ।

 

त्यसो भए प्लास्टिकका झौलाझैँ धोएर कण्डम पुनः किन प्रयोग गर्न मिल्दैन त ?

केन्द्रकी यौन रोग नियन्त्रण शाखाकी इपिडेमिओलोजिस्ट एलिजाबेथ टोरोनले कण्डमको पुनः प्रयोग प्रभावकारी नहुने बताउँछिन् । सीएनएनसँग कुरा गर्दै उनले भनिन्, ‘कण्डमले यौन रोगबाट बच्न सघाउँछ । तर कण्डमले एक पटकका लागि मात्रै काम गर्छ, त्यो पनि राम्रोसँग प्रयोग भएमा ।’

‘गलत तरिकाले प्रयोग गरेमा वा एक पटकभन्दा बढी प्रयोग गरेमा कण्डमको सुरक्षात्मक क्षमता घट्नुका साथै, फुट्ने र चिप्लिने सम्भावना हुन्छ’, टोरोनले भनिन् ।
 

-सीएनएनबाट

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया