उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ : संयुक्त राष्ट्रसंघ

 साउन १९, २०७५ शनिबार १५:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई उलङ्घन गर्दै अझै पनि आणविक तथा क्षेप्यास्त्रको कार्यक्रमलाई निरन्तरता दिइरहेको  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिवेदनले जनाएको छ ।

स्वतन्त्र विज्ञको समूहले तयार पारेको प्रतिवेदनमा उत्तर कोरियाको राजधानी प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम ओसारपसार बढाएको र विदेशमा हतियार बेच्ने प्रयास पनि गरिरहेको दाबी गरिएको छ । तर उत्तर कोरियाले अहिलेसम्म त्यो प्रतिवेदनबारे कुनै प्रतिक्रिया दिएको छैन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्झौता पछि पनि गएको हप्ता अमेरिकी गुप्तचर अधिकारीले उत्तर कोरियाले नयाँ ब्यालेष्टिक क्षेप्यास्त्र बनाइरहेको बताएका थिए । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र उत्तर कोरीयाका नेता किम जोङ उनबीच गएको महिना सिंगापुरमा भएको ऐतिहासिक भेटवार्तापछि ट्रम्पले उत्तर कोरियाबाट अब पारमाणविक खतरा नरहेको बताउनुभएको थियो ।

उत्तर कोरियाका नेता किम जोङ उनले पनि चाँडै आणविक कार्यक्रम पूर्ण रुपमा रद्द गर्ने जनाएका थिए । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्त अघि मिसाइल बनाइरहेको सुरुङ पनि नष्ट गरेको थियो । आरणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाले अहिले अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध झेलिरहेको छ ।

उत्तर कोरियाको आणविक कार्यक्रम र अन्तर्राट्रिय प्रतिबन्धबारे निगरानी राखिरहेको संयुक्त राष्ट्रसंघको विज्ञ समूहरले त्यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा भनिएको छ, ‘उत्तर कोरियाले आफ्नो आणविक कार्य अझै रोकेको छैन र आफ्नो मिसाइल कार्यक्रम धेरै मात्रमा पेट्रोलिय पदार्थको आयात गरेर निरन्तर चलाइरहेको छ ।’


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया