नेपाली क्रिकेट टाेली अाइतबार स्वदेश फर्किने

 साउन १९, २०७५ शनिबार १५:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्स गएको नेपाली क्रिकेट टाेली अाइतबार स्वदेश फर्किने भएको छ ।

२ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टाेली श्रृङ्खला बराबरी गर्दै फर्कन लागेको हो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेल १ रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो ।

गएकाे साउन २ गते इङ्ल्याण्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृङ्खला तथा नेदरल्याण्ड्समा भएको एकदिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाल लण्डन पुगेको थियो ।

त्यहाँ चार वटा अभ्यास तथा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टाेली नेदरल्याण्ड्स पुगेको हो ।

नेपाली टाेलीका सबै सदस्य भने सँगै नआउने भएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न युवा बलर सन्दीप लामिछाने उतैबाट जाने भएका छन् ।

क्यारेबियन प्रिमियर लिगमा ५ वटा खेल खेलेर सन्दीप मलेसियामा हुने एशियाकपको छनौट खेल्न उतैबाट मलेसिया आउने बुझिएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया