इंल्याण्डसामु भारत निरिह, ५३ रन जोड्न ५ विकेट गुमाएपछि पहिलो टेष्टमा पराजित

 साउन १९, २०७५ शनिबार १७:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

 भारतसँगको पहिलो टेस्ट क्रिकेट इंग्ल्याण्डले ३१ रनले जितेको छ ।

१ सय ९४ रनको लक्ष्य पाएको भारत १ सय ६२ रनमा अलआउट भएपछि इंग्ल्याण्डले खेल जितेको हो ।

जितसँगै ५ खेलको सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।

५ विकेट गुमाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारतलाई जितका लागि थप ८४ रन आवश्यक थियो, तर भारतका ५ जना खेलाडी ५३ रन थप्दै आउट भए ।

भारतका कप्तान विराट कोहलीले ५१ र हार्दिक पाण्ड्याले ३१ रन बनाउनुबाहेक अरुले राम्रो ब्याटिङ्ग गर्न सकेनन् ।

इंग्ल्याण्डका बेन स्टोक्सले ४ तथा स्टुअार्ट ब्रोड र जेम्स एन्डरसनले समान २-२ विकेट लिए ।

पहिलो पारिमा १३ रनको अग्रता लिएको इंग्ल्याण्डले दोश्रो पारिमा १ सय ८० रन मात्र बनाउन सकेपछि भारतले १ सय ९४ रनको सामान्य लक्ष पाएको थियो ।

दोश्रो पारिमा भारतका इशान्त शर्माले ५, रविचन्द्रन आश्विनले ३ र उमेश यादवले २ विकेट लिएपछि इंग्ल्याण्डले १ सय ८० रन मात्र बनाउन सक्यो ।

इंग्ल्याण्डका साम क्युर्रानले सबैभन्दा धेरै ६३ रन बनाए ।

दोस्रो टेस्ट आउँदो बुधबार लण्डनमा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया