यस्ताे रह्याे इंग्ल्याण्डकाे १ हजाराैं टेस्टकाे पहिलाे र दाेस्राे पारि

 साउन १९, २०७५ शनिबार १९:२:५७ | उज्यालो सहकर्मी

भारतविरुद्धको पहिलाे टेस्ट क्रिकेट इंग्ल्याण्डले ३१ रनले जितेको छ । जितसँगै ५ टेस्टकाे श्रृंखलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।

बर्मिंघममा पहिलो टेस्टको चौथो दिनमै नतिजा घरेलु टोलीले ३१ रनले हात पार्न सफल भयो । इंग्ल्याण्डकाे याे १ हजाराै‌ टेस्ट खेल हाे ।

पहिलो पारि

२८७ रनमा इंग्ल्याण्डलाई रोकेर पहिलो पारि शुरु गरेको भारत १३ रनले पछि परेको थियो । पहिलो पारिमा इंग्ल्याण्डका जाे रुटले सर्वाधिक ८०, वेरस्टाेले ७० र किटन जेनिङ्सले ४२ रन जाेडे ।

बलिङतर्फ भारतका रविचन्द्र आश्विनले ४ तथा मोहमद सामीले ३ विकेट लिए ।

भारतका लागि कप्तान विराट कोहलीले शतक सहित १४९ रन बनाए । त्यसपछि सर्वाधिक रन शिखर धवनले २६ रन जोडेका थिए । भारतलाई कम स्कोरमा रोक्ने क्रममा साम क्युर्रानले ४ विकेट लिए भने जेम्स एण्डरसन, अादिल रशिद र बेन स्टाेक्सले समान २-२ विकेट लिए ।

दाेस्राे पारि

इंग्ल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको भारत १६२ रनमा समेटियाे ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड २८७ रन बनाउँदा अल आउट भयो ।

इंग्ल्याण्डका लागि कप्तान जो रुटले सर्वाधिक ८० रन बनाउँदै भारतका कप्तान विराट कोहलीको थ्रोबाट रन आउट भए । जोनी वेरस्टोले ७० रन बनाए भने किटन जेनिङले ४२ रन बनाए ।

१३ रनले अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो पारि पनि राम्रो गर्न सकेन । साम क्युर्रानले सर्वाधिक ६३ रन बनाए । इङ्ल्याण्ड १८० रनमा अल अाउट भयाे ।

बलिङतर्फ भारतका इशान्त शर्माले ५ विकेट लिए ।

जम्मा १९४ रनको लक्ष्य लिएर दोस्रो पारि शुरु गरेको भारतले दोस्रो दिनको खेलसम्म पकड राम्रै बनायाे ।

तर तेस्रो दिनको शुरुवातमै भारत दबाबमा आयो । भारतका कप्तान विराट कोहली अर्धशतक बनाएर ५१ रनमा आउट भए । त्यसपछि भारतको थप विकेट पतन हुन सुरु भयो ।

भारतलाई कम स्कोरमा रोक्न इंग्ल्याण्डका बेन स्टाेक्सले ४ विकेट लिए । जेम्स एण्डरसन र बेन स्टाेक्सले समान २-२ विकेट लिए ।

अन्तिम विकेटको रुपमा हार्दिक पाण्ड्या ३१ रन बनाउँदै बेन स्टाेक्सकाे बलमा अलास्टेयर कूककाे हातबाट क्याच अाउट भएपछि अाफ्नाे १ हजाराै‌ टेस्ट इङ्ल्याण्डले ३१ रनले जित्याे ।

पाँच टेस्ट क्रिकेट श्रृङखला अन्तरगत दोस्रो टेस्ट अाउँदाे ९ तारिखदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया