तीजको गीत ‘हे आमा’ सार्वजनिक

 साउन १९, २०७५ शनिबार २०:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हिन्दु नारीहरुको महान चाड तीज नजिकिएसँगै तीज गीतका भिडियो सावर्वजनिक हुने क्रम पनि बढ्दो छ ।

गीति लेखनमा समेत स्थापित भैसकेकी गीतकार कल्पना रेग्मीको शब्दमा  तीज गीत ‘हे आमा’ सार्वजनिक भएको छ। रेग्मीको शब्द, हुम गैरेको लय अनि लक्ष्मी पाठकको स्वर एवं शान्ता परियार, पवित्रा सतुङ्गे र पार्वती बिसीको कोरस रहेको गीत शैली क्रियशनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हुम गैरेको निर्देशनमा बनेको भिडियोलाई वसन्त महर्जनको छयाङ्कन रहेको छ भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् ।  भिडियोमा गीतकार रेग्मी र साथीहरुको अभिनय देख्न सकिनेछ।

गीतकार कल्पना रेग्मीको यसअघि  पनि ‘कान्छी आइन’, ‘म पनि नाच्नी हो’, ‘बसौला काखैमा’ जस्ता गीत बजार मा चर्चित छन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया