लिभरपुलले भित्र्यायो फाबिन्होलाई

 जेठ १५, २०७५ मंगलबार ८:१:३२ | एजेन्सी
unn.prixa.net

च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने भएको छ । 

मोनाकोबाट खेलिरहेका २४ वर्षीय फाबिन्हो ३ करोड ९० लाख पाउण्ड पारिश्रमिक पाउनेगरि लिभरपुलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ । जुलाई १ तारिखदेखि लिभपुरलमा जाने फाबिन्होले थप ५ लाख पाउण्ड पारिश्रमिक भने प्रदर्शनका आधारमा पाउनसक्ने गरि अनुबन्ध गरिएको हो । 

फाबिन्होको अनुबन्धले लिभरपुललाई इम्रे क्यानको स्थान लिने अपेक्षा गरिएको छ । लिभरपुल महारथी क्लब भएको भन्दै फाबिन्होले लिभरपुलबाट खेल्न आफूले पहिलेदेखि चाहेको र यसले आफूलाई धेरै उत्साही बनाएको प्रतिक्रिया दिएका छन् ।  

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया