प्रदेश ७ : चार महिनामा दैवी प्रकोपबाट २० को ज्यान गयो

 साउन १९, २०७५ शनिबार २०:४९:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रदेश नम्बर ७ मा चार महिनामा दैवी प्रकोपमा परि २० जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो चार महिनाको अवधिमा ७ प्रदेशमा बाढी तथा पहिरोका कारण कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटीमा २० जनाको ज्यान गएको छ ।

बाढी तथा पहिरोका घटनामा परि अन्य २ जनाको अवस्था अझै अज्ञात रहेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दैवी प्रकोपबाट बझाङमा सबैभन्दा बढी १३ जनाको ज्यान गएको छ ।

बझाङका नदीमा बगेका २ तथा डोटीको सेती नदीमा हाम फालेर बगेका ३ जनाको अवस्था अझै अज्ञात रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कैलालीमा नदीमा डुबेर २ जना, कञ्चनपुरमा बाढीबाट एक जना, दार्चुलामा चट्याङ लागेर एक डोटीमा चट्याङ लागेर २ जना र दार्चुलामै ढुङ्गाले लाग्दा एक जनाको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया