नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 साउन २०, २०७५ आइतबार ६:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । राति सवा १० बजेतिर भरतपुर महानगरपालिका २ को घुमाउने भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । अस्तिदेखि नै यो ठाउँमा पहिरो खसिरहेको छ । पहिरो हटाउँदै गाडी चलाउँदा यात्रु भने जोखिममा परेका छन् । यो सडकखण्डमा गाडी चलाउँदा सावधानी अपनाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया