कैलाश विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार

 साउन २०, २०७५ आइतबार ७:२४:२७ | उज्यालो सहकर्मी

काठमाडौं - कैलाश विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले आआफ्नो शाखा विस्तार गरेका छन् । कैलाश विकास बैंक लिमिटेडले शुक्रबार आफ्नो ६० औँ शाखा नवलपरासी जिल्लाको बर्दघाटमा स्थापना गरेको छ ।

यो शाखा सहित बैंकको शाखा संख्या ६० पुगेका छन् भने एटिएम संख्या २५ पुगेका छन् ।

यस्तै साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको टँकी सिनुुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले शुक्रवारदेखि यो शाखाको  उद्घाटन गरी कारोबार शुरु गरेको हो ।

बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया