पाल्पा दुर्घटनामा ज्यान गुमाएकाको शव निकालिँदै

 साउन २०, २०७५ आइतबार ८:११:२ | देव पचभैया
unn.prixa.net

पाल्पा – शनिबार बेलुकी पाल्पामा भएको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाको आइतबार बिहानैदेखि शव  निकाल्ने प्रयास भैरहेको छ ।

रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा भएको जीप दुर्घटनामा तानसेन नगरपालिका १० गणेशालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउनको ज्यान गएको थियो ।  तानसेनबाट विद्युतका सामाग्री लिएर ठिमुरेतर्फ जाँदै गरेको बा १ च ८९७० नम्बरकाे निजी हाईलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटनामा परेको थियो ।

जीपमा भएका दुबै जनाको घटनास्थलमै ज्यान गए पनि शनिबार बेलुकी उनीहरुको उद्धार हुन नसक्दा प्रहरीले दुवै जना बेपत्ता भएको जनाएको थियो । घटनास्थलमा पहिरोका कारण ढुंगा खस्न नरोकिएको र रात परेकाले शनिबार उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

साँघुरो कच्ची सडकदेखि खोँचमा परेको शवलाई स्थानीयको सहयोगमा निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया