हरियाणा : भैंसी चोरेको आरोपमा युवकको हत्या गरियो

 साउन २०, २०७५ आइतबार ८:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको हरियाणामा पर्ने पलवल गाउँमा भैंसी चोरेको आरोपमा बिहीबार राति एक युवकको हत्या भएको छ ।

स्थानीय प्रहरीले बीबीसी हिन्दीसँग भनेका छन् ‘बिहीबार राति बहरोला गाउँमा तीनजना यूवकहरुले भैंसी चोरेर भाग्न लागेका थिए । भैंसी चोरेको थाहा पाए पछि स्थानीयले ती तीनै युवलाई समात्न प्रयास गरेका थिए । तीन जना युवकमध्ये दुईजना भाग्न सफल भए भने एक युवालाई स्थानीयले समाते । उनीहरुले ती युवकलाई कुटेर मारेका छन् ।’

पलवल प्रहरी चौकीका एएसआई शुरेस कुमार यो घटनाको छानविन गरिरहेका छन् । घटनामा संलग्न एकजनालाई हिरासतमा लिइएको  प्रहरीले जानकारी दिएको छ ।

एएसआई सुरेस कुमारले बीबीसी हिन्दीलाई बताए अनुसार रातिको समयमा तीन युवक भैंसी चोर्नका लागि आएका थिए । जब ती युवकहरुले भैंसीलाई लगाएको दाम्लो खोले तब भैंसी पाल्ने मालिक ब्यूँझिए । त्यसपछि दुई युवा भाग्न सफल भए एकजनालाई उनीहरुले पक्रिए ।

त्यसपछि उनीहरुले ती युवकलाई नमरुन्जेलसम्म पिटे । युवकको शरीरभरी घाउ चोट भेटिएको थियो । उक्त घटनामा मारिएका व्यक्तिको सनाखत अहिलेसम्म हुन सकेको छैन । मर्ने युवकको उमेर लगभग २८ वर्ष अनुमान गरिएको छ ।

मृतकको शव पोष्टमार्टम पछि सनाखतको लागि पलवलकै शव गृहमा राखिएको छ । घटनामा संलग्न ४५ वर्षीय रामकिशनलाई गिरफ्तार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया