पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन

 साउन २०, २०७५ आइतबार ९:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन भएको छ । नेपाली कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो । 

काठमाडौंबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत भेटिनुभएको थियो । उहाँलाई बिहानै कालिका सामुदायिक अस्पतालमा लगेपनि अस्पतालले मृत घोषणा गरेको कांग्रेसका स्याङजा जिल्ला सदस्य अर्जुन खनालले जानकारी दिनुभयो ।

नियमित भेटघाटबाट फर्कदा असहज महसुस भएपछि गल्याङ सामुदायिक अस्पतालमा स्वास्थ्य जाँच गराउनुभएको थियो । २०३५ सालदेखि राजनिति सुरु गरेका पंगेनी २०७० सालको चुनावमा स्याङजा २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ गएको संसदीय चुनावमा भने पराजित हुनुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया