जाजरकोटमा पहिरो : एकै घरका चार जनाको मृत्यु, उद्धार कार्य जारी (अपडेट)

 साउन २०, २०७५ आइतबार १०:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोट – जाजरकोटको पहिरोमा परेर एकै घरका चार जनाको ज्यान गएको छ भने एक जनाको उद्दार भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भेरी नगरपालिका ३ ठाँटीबजारमा गएको पहिरोले तीर्थ बोहोरको घर पुरिँदा भाडामा बस्ने लालबहदुर लोहारकी श्रीमती सितलीको ज्यान गएको हो । 

पहिरोमा ३ बालबालिकाको पनि ज्यान गएको तर नाम खुल्न बाँकी रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पहिरोले पुरिएका लालबहादुरको भने उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।  

प्रहरीका अनुसार पहिरोले पुरेको अर्को घरमा अहिले उद्दार थालिएको छ । त्यो घरका मानिस पनि पहिरोमा पुरिएको हुन सक्ने आशंका गरिएको  छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया