शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

 साउन २०, २०७५ आइतबार ११:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – प्रतिनिधिसभाको आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ ।

पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै  प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो । 

२०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का निर्वाचित पूर्व सांसद पंगेनीको हृदयघातका कारण आइतबार बिहान ५ बजेर ३० मिनेटमा स्याङजामा रहेको आफ्नै निवासमा निधन भएको थियो । प्रतिनिधिसभा बैठकले ५४ वर्षीय पूर्व सांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

नेपाली काँग्रेसका तत्कालीन स्याङजा जिल्लाका सभापति समेत रहेका पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतिनिधिसभा बैठकमा समाजसेवाको क्षेत्रमा समेत क्रियाशील पूर्व सांसद पंगेनीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया