च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं – सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।
भुक्तानी तथा फछ्यौंट विधेयक २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५, उपभोक्ता हित संरक्षण सम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, संकाटापन्न बन्यजन्तु तथा बनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधन सम्बन्धी विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको छ । सरकारले संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
आउँदो असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हक सम्बन्धी कानुन सरकारले बनाई सक्नुपर्नेछ ।