शीर्षस्थानका स्मिथलार्इ प्रतिबन्ध लागेपछि विराट काेहली टेस्ट क्रिकेटको शीर्ष वरीयतामा

 साउन २०, २०७५ आइतबार १४:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय टिमका कप्तान विराट कोहली एकदिवसीय र टेस्ट क्रिकेटको शीर्ष वरियतामा परेका छन् ।

एकदिवसीय क्रिकेटका शीर्ष वरीयतामै रहेका कोहली आईसीसीले जारी गरेको टेस्ट क्रिकेटको वरियतामा पनि शीर्ष स्थानमा आइपुगेका हुन् ।

यसअघि उनी दोस्रो स्थानमा रहेका थिए। काेहली बल बिगारेको आरोपमा १ बर्षको प्रतिबन्धमा परेका अष्ट्रेलियाका स्टिभ स्मिथलाई ५ अंकले उछिन्दै शीर्ष स्थानमा आएका हुन् ।

काेहलीकाे अ‌क जाेडिँदै गयाे र ९३४ भयाे तर स्मिथकाे अ‌क प्रतिबन्धका कारण बढेन बरु भएकाे समेत घट्याे र ९२९ मा सीमित भयाे । यस हिसाबले काेहली अाफ्नाे प्रदर्शनका कारण मात्र नभर्इ शीर्ष स्थानमा रहेका स्मिथले प्रतिबन्धका कारण खेल्न नपाएकाले शीर्ष वरीयतामा पुगेका हुन् ।

आईसीसीले जारी गरेको टेस्ट वरीयताको तेस्रो नम्बरमा  इङ्ल्याण्डका जोय रुट, चौथो नम्बरमा न्यूजिल्याण्डका केन विलियमसन, पाँचौ नम्बरमा अष्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

टेस्ट क्रिकेटतर्फ बलिङमा इङ्ल्याण्डका जेम्स एन्डरसन २ अंकले शीर्ष स्थानमा रहेका छन् । एन्डरसनको ८८४ अंक हुँदा दक्षिण अफ्रिकाका कागिसो रावडाले ८८२ अंक जोड्दै दोस्रो स्थानमा छन् ।

भारतका रविन्द्र जडेजा तेस्रो,  दक्षिण अफ्रिकाका भर्नन फिलाण्डर चौथो तथा भारतका रविचन्द्रन आश्विन पाचौं स्थानमा छन् ।

टेस्ट क्रिकेट तर्फ अलराउण्डरमा बंगलादेशका शकिबअल हसन  शीर्ष स्थानमा रहँदा भारतका रविन्द्र जडेजा दोस्रो स्थानमा छन् ।

यसैगरी एकदिवसीय क्रिकेटमा पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा हुँदा इङ्ल्याण्डका जोय रुट तेस्रो स्थानमा छन् ।

यसैगरी बलर तर्फ भारतका जसप्रित बुम्राह  पहिलो स्थानमा हुँदा अफानिगस्तानका रासिद खान दोस्रो स्थानमा छन् । रसिद र जसप्रितको अंक दूरी भने १२ रहेको छ ।

एकदिवसीय अलराउण्डरमा बंगलादेशका सकिब अल हसनले नै शीर्ष स्थान कव्जा गरेका छन् । 

टी-ट्वान्टीतर्फ व्याटिङमा अष्ट्रेलियाका एरोन फिन्च, बलिङमा अफगानिस्तानका रासिद खान र अलराउण्डर तर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया