पूर्व क्रिकेटर इमरान खानले सानाे मन्त्रीपरिषद् बनाउने

 साउन २०, २०७५ आइतबार १५:२१:२४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानको नेतृत्वमा सानो आकारको मन्त्रीपरिषद् बन्ने भएको छ ।

गएको हप्ता भएको चुनावको नतिजापछि खानले अन्य दलको सहयोगमा सरकारको नेतृत्व गर्न लाग्नुभएको हो ।

इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ, पिटिआईले चुनावमा ११६ सिटमा जितेको थियो ।

पाकिस्तानमा सरकार बनाउन १ सय ३७ सिट चाहिन्छ । इमरानले अन्य दलको सहयोगमा गठबन्धन सरकार बनाउने तयारी गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

गठबन्धनका लागि केन्द्रीय मन्त्रिमण्डलमा कराचीमा मुत्तहिदा कौमी मुभमेन्ट पार्टी र बलुचिस्तान अवामी पार्टी(बीएपी)लाई समावेश गरिने छ ।

यी दुवै पार्टीले एउटा एउटा मन्त्रालय पाउन सक्नेछन् ।

यसको बदलामा इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफले बलुचिस्तानमा बीएपीसँग मिलेर सरकार बनाउनेछ र प्रान्तमा बीएपीलाई दुईवटा मन्त्रालय भाग पर्न सक्छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया