चाँडै संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड

 साउन २०, २०७५ आइतबार १६:४४:९ | जयनारायण यादव
unn.prixa.net

बारा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान परिमार्जनको आवश्यकता रहेको बताउनु भएको छ ।

बाराको विश्रामपुर गाउँपालिकाको गाउँसभाबाट पारित ऐन नियम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान परिमार्जनको आवश्यकता औल्याउनु भएको हो ।

उहाँले संविधान एक परिवर्तनशील दस्तावेज भएको बताउँदै समयानुकूल नागरिकको माग अनुसार यसलाई परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो । मधेशको माग पूरा गर्न उपेन्द्र यादव, प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच सहमति भएको बताउँदै पूर्व प्रधानमन्त्री प्रचण्डले चाडै संविधान संशोधन गर्ने जानकारी गराउनु भयो ।

राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढाइने प्रचण्डको भनाई छ । संविधान संशोधनका लागि राजपालाई विश्वासमा लिने प्रयास जारी रहेको प्रचण्डले बताउनुभयो । उहाँले आफू चाँडै भारत र चीनको भ्रमण जाने र त्यहाँ विगतमा भएको सम्झौताहरु कार्यान्वयनको लागि पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया