डोटीको बोगटान गाउँपालिकाको नाम फेर्ने प्रदेश ७ को निर्णय

 साउन २०, २०७५ आइतबार १७:५६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – प्रदेश नम्बर ७ को मन्त्रिपरिषद बैठकले डोटीको बोगटान गाउँपालिकाको नाम ‘बोगटन फुटसिल’ गाउँपालिका राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्री परिषद्को बैठकले डोटीको बोगटान गाउँपालिको नाम ‘बोगटान फुडसिल’ गाउँपालिका कायम गर्न नेपाल सरकार समक्षसिफारिस गरी पठाउने निर्णय गरेको छ । स्थानिय नागरिकको माग र गाउँसभा बैठकले गरेको निर्णय र सिफरिस बमोजिम यस्तो निर्णय गरिएको हो ।

यस्तै कैलाली जिल्लाको कैलारी गाउँपालिकाको वडा नम्बर ४ को नवलपुर गाउँलाई वडा नम्बर १ मा समावेश गर्न, डोटीको आर्दश गाउँपालिकाको वडा नम्बर ४ को पातल गाउँलाई वडा नम्बर ५ मा समावेश गर्न तथा भागेश्वर गाउँपालिका डडेल्धुराको वडा नम्बर ४ को गुवाडी टप्वामा केन्द्र सार्न नेपाल सरकार समक्षसिफारिस गरी पठाउने निर्णय समेत बैठकले गरेको छ ।

स्थानीय तहको माग र सिफरिस बमोजिम नै नाम र केन्द्र हेरफर गरी कायम गर्न सिफरिस गरिएको ७ प्रदेशका प्रवक्ता समेत रहनु भएका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहाले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Surendra bam

    Aug. 6, 2018, 12:23 p.m.

    यो निर्णय प्रति त्यस ठाउका जनताको घोर भर्तसना र बिरोध छ

  •  0 Reply

तपाईको प्रतिक्रिया