च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ओली पोपलाई डेब्यु गराउने भएको छ ।
पोपलाई इङ्ल्याण्डको टिम छनौकर्ता एडम स्मिथले बेलाएका हुन् । पोप टिममा परेपछि पहिलो र दोस्रो पारिमा गरि २८ रन जोडेका डेभिड मालन टिम बाहिर भएका छन् ।
लर्ड्समा आउँदाे बिहीबारदेखि शुरु हुने दोस्रो टेस्टमा बोलाइएका पोप कन्ट्री च्याम्पियनशिपमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
सर्री कन्ट्रि क्रिकेट क्लबबाट खेल्दै आएका पोपले सन् २०१७ मा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए । २० वर्षीय पोपले जारी सिजनमा ८५.५ को स्ट्राइक रेटमा ६८४ रन बनाएका छन् ।
यसैगरी क्रिस वाेक्सलाई पनि टिममा बोलाइएको छ । दायाँहाते मध्यगतिका वाेक्स आएपछि वेन स्टाेक्सलाई बाहिर राखिएको छ।
पहिलो टेस्टमा ३१ रनले विजयी हुँदै भारतसँगकाे पाँच टेस्ट क्रिकेट श्रृङखलामा घरेलु टोली १–० ले अगाडि छ ।