बरिष्ठ न्यायाधीश मिश्रले सम्हाले कामु प्रधानन्यायाधीशकाे जिम्मेवारी

 साउन २०, २०७५ आइतबार १८:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाल्नु भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदामा बसेपछि दोस्रो बरियतामा रहनु भएका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो । 

प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आइतबारबाट बिदामा बस्नु भएको थियो ।

जोशीको त्यसै जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आइतबारबाट सम्हाल्नु भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोरखेलले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतमा आइतबार ५७ थान मुद्दा पेशीमा चढेको थियो । त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया