३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडौं – सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाल्नु भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदामा बसेपछि दोस्रो बरियतामा रहनु भएका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो ।
प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आइतबारबाट बिदामा बस्नु भएको थियो ।
जोशीको त्यसै जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आइतबारबाट सम्हाल्नु भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोरखेलले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतमा आइतबार ५७ थान मुद्दा पेशीमा चढेको थियो । त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताउनुभयो ।