पहिरोले अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

 साउन २०, २०७५ आइतबार १९:४१:४३ | उज्यालो सहकर्मी

डोटी – गए रातिदेखि अवरुद्ध भएको अत्तरीया–स्याउले जोड्ने भिमदत्त राजमार्ग खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भिमदत्तराजमार्ग अन्तरगत पर्ने डोटीको गोल्डेन भन्ने ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो । अवरुद्ध भएको राजमार्ग छिमेकी जिल्ला डडेल्धुराबाट ल्याइएको डोजर, प्रहरी  तथा स्थानीयबासीको सहयोगमा एक तर्फी रुपमा खोलिएको हो ।

पहिरो ठूलै भएका कारण जाममा परेका यात्रुबाहक सवारी साधनलाई गन्तब्यमा पु¥याउनका लागि एक तर्फी रुपमा भए पनि बाटो खोलिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।

अवरुद्ध भएको राजमार्ग एक तर्फी रुपमा खुलेपछि अहिले यातायातका साधनहरु आ–आफनो गन्तब्य तिर लागिरहेकोे प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण यहाँको सेती नदी तथा आसपासका खोला नालामा पानीको बहाब बढेकाले नदी किनाराका स्थानीयवासीलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया