अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गृहमन्त्री थापा इन्डाेनेशियामा

 साउन २१, २०७५ सोमबार ६:४९:५३ | रासस

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया जानु भएको छ । इन्डोनेशियाको बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अाइतबार बेलुका इन्डोनेशिया जानु भएको हो । 

यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

नेपालसहित चीन, भारत, अष्टेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरु आइओएम, युएनएचसिआर र युएनओडीसीका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुँदैछन् । 

मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो । 

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा अाइतबार बेलुका ९.३० बजे त्यसतर्फ जानु भएको हो । उहाँ साउन २३ गते स्वदेश फर्कनुहुनेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया