क्लब फुटबलमा अगुराेकाे २ सय गाेल

 साउन २१, २०७५ सोमबार ७:३६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् ।

कम्युनिट शिल्डको उपाधिका लागि चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् । अर्जेन्टिनी खेलाडी अगुरो २००६/ ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका उनी २०११ मा म्यानचेस्टर सिटी आएका हुन् । सिटीबाट अहिले सम्म ३२ गोल गर्दै उनी शीर्ष स्थानमा छन् ।

अगुरोले चेल्सी विरुद्ध १३ औं मिनेटमा गोल गर्दै २ सय गोल पुरा गरेका थिए । आजको खेलमा अगुरोको २ गोलको मद्दतले सिटीले कम्युनिटी फुटबलको उपाधि पनि जितेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया