दिनभर मौसममा बदली, मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

 साउन २१, २०७५ सोमबार ७:५५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।  आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै उपत्यकासहित देशका धेरै ठाउँको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् मन्जु बासीका अनुसार आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

आज राति पनि ठूलो वर्षाको अनुमान गरिएको छ । तर भोलिदेखि भने कम पानी पर्ने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया