मुग्लिन–नारायणगढ सडक अवरुद्ध, बाटो खुलाउन समय लाग्ने

 साउन २१, २०७५ सोमबार ८:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेको छ । मुग्लिन प्रहरीका अनुसार जलविरे, घुमाउने र फिस्लिङमा पहिरो खसेको छ । 

पहिरो खसेपछि बिहान ६ बजेदेखि नै यो खण्डमा गाडी चलेको छैन । पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने भएको छ । घुमाउनेमा सडकमाथिबाट ढुंगा खसीरहेको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । 

यस्तै, जलविरेमा लेदो माटोसहितको पहिरो खसेको छ । बाटो खुलाउन २, ३ घण्टा लाग्ने अनुमान गरिएको छ । बाटो विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र पहाड फुटाएको ठाउँमा पहिरोको जोखिम बढेको छ । 

पानी पर्नासाथ यो खण्डमा हरेक दिनजसो पहिरो खस्ने गरेको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम रहेकाले पानी नपर्दा पनि जुनसुकै बेला खतरा रहेको  प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया