जाँड रक्सी खाएर भ्यान चलाउँदा दुईजनाको मृत्यु

 साउन २१, २०७५ सोमबार ८:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जाँड रक्सी खाएर भ्यान चलाउँदा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

गएराति २ बजेतिर काठमाडौंको महाराजगञ्जमा दुर्घटना हुँदा भंगाल बस्ने खोटाङका रामबहादुर थापा र सिन्धुपाल्चोक जुगलका पशुपति सिलवालको ज्यान गएको हो । बा १९ च ६५ १५ नम्बर भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका भ्यानका चालक सिन्धुपाल्चोकका सुरेश पराजुलीको त्रिवि शिक्षण  अस्पतालमा उपचारमा भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सुरेशले जाँड रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको हो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया