सीटीईभीटीको प्रवेश परीक्षा स्थगित

 साउन २१, २०७५ सोमबार ९:९:२१ | उज्यालो सहकर्मी

काठमाडौं - प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रवेश परीक्षा संचालन हुने मिति र समय पछि प्रकाशित हुने पनि कार्यालयले निकालेको सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया