पर्वतमा बस दुर्घटना हुँदा १९ जना घाइते

 साउन २१, २०७५ सोमबार १२:१:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – जोमसोमका लागि छुटेको यात्रुबहाक बस पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पर्वतको बेतेनीमा दुर्घटना भएको छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् । 

पोखरा–बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट खसेको थियो । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट सुरक्षाकर्मीको टोली पुगेर उद्धार गरिरहेको छ । 

घटनामा गम्भीर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वतमा पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया