काठमाडौंको काँडाघारीबाट बालकको अपहरण

 साउन २१, २०७५ सोमबार १२:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काडाँघारीबाट एक बालकको अपहरण भएको छ । सिन्धुपाल्चोक घर भइ काडाँघारीमा बस्ने ११ वर्षका निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ । 

निशान आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका थिए । अपहरणकारीले साेमबार बालकको परिवारसँग ४० लाख रुपैया“ फिरौती मागेपछि उनी अपहरणमा परेको पुष्टि भएको  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयोे । 

बालकको खोजीका लागि भक्तपुर र काठमाडौका प्रहरी प्रमुख सहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया