सौतेनी बाबुबाट ११ वर्षीया बालिका बलात्कृत

 साउन २१, २०७५ सोमबार १५:३७:१५ | मुना हमाल

सुर्खेत – सौतेनी बुवाबाट ११ वर्षकी बालिका बलात्कृत भएकी छन् ।

आमा उपचारका लागि अस्पताल गएको समयमा  साउन १९ गते शनिबार बालिकालाई उनका सौतेनी बावुले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कारको आरोपमा आइतबार मात्र बालिकाका सौतेनी बुवालाई पक्राउ गरेको छ ।

बालिकाले आमालाई फोन गरेपछि घटना बाहिर आएको थियो । बालिकाको पेट दुख्ने समस्या भएकाले उपचारका लागि वीरेन्द्रनगर पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।

‘आमा उपचारका लागि बाहिर जानु भएको रहेछ । शनिबार दिउँसो घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरेका रहेछन्’, उहाँले भन्नुभयो, ‘हामीलाई आइतबार बिहान खबर आएपछि बावुलाई पक्रिएर जबरजस्ती करणी मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ ।’

अन्तिम अपडेट: फागुन २८, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया