सलमान खानका ज्वाईँको फिल्म ‘लवरात्री’ काे ट्रेलर सार्वजनिक

 साउन २१, २०७५ सोमबार १६:२:५७ | एजेन्सी
unn.prixa.net

सलमान खानकी बहिनी अरपिता खानका श्रीमान आयुष शर्माको बहुप्रतिक्षित फिल्म ‘लवरात्री’को ट्रेलर सार्वजनिक भएको छ । सलमान खानद्वारा निर्मित यस फिल्ममा उनका ज्वाईँ आयुष शर्मा र फिल्मकी अभिनेत्री वरीना हुसेन पहिलो पटक बलिउड फिल्ममा डेब्यू गर्दैछन । 

वरीना हुसेनले न्युयोर्क फिल्म ऐकडेमीबाट फिल्मसम्बन्धी आफ्नो पढाई पूरा गरी केही विज्ञापनहरुमा समेत काम गरी सकेकी छन् । अर्को रोचक कुरा यो पनि छ कि यस फिल्मका निर्देशक अभिराज मिनवाला पनि यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका छन् ।
 
यसपूर्व फिल्म ‘लवरात्री’को टिजर सार्वजनिक भएको थियो । आज सार्वजनिक भएको ट्रेलर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालहरुमा ट्रेन्डिङ भैसकेको छ ।

खास गरी सलमानका दुवै भाइ अरबाज र सोहेल फिल्महरुमा अपेक्षित रुपमा चलेनन् । उनीहरुलाई सलमानको छाँयामा परेकाले अभिनयमा नजमेको मानिन्छ । उनका ज्वाईँको अभिनय कौशल हेर्नका लागि मनिसहरु बढी आतुर भएको देखिन्छ । फिल्म ‘लवरात्री’मा आयुष र वरीनाका अलावा राम कपूर र रोनित रोय समेत मुख्य भूमिकामा रहेका छन् । 

फिल्ममा मुख्य कलाकारहरुको जोडी निकै फ्रेश देखिए पनि ट्रेलर हेर्दा फिल्म क्लासिक लब स्टोरी जस्तो लाग्छ, जसमा केटीको बुवा भिलेन र प्रेमिका पाउन एक युवककाे बीचकाे संघर्ष देखाइएको छ । यो फिल्म २०१८ को अक्टोबर ५ मा नवरात्रीको अवसरमा प्रर्दशन हुनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया