यू–१५ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाई

 साउन २१, २०७५ सोमबार १७:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भुटानको थिम्पुमा हुने यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागीता जनाउने नेपाली युवा टोलीलाई सोमबार बिदाई गरिएको छ ।

नेपाली टोली मंगलबार दिउँसो भुटान प्रस्थान गर्नेछ । २३ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरे । नेपाली टोलीको कप्तानी प्रिती राईले गर्ने छिन् भने प्रशिक्षकमा गंगा गुरुङ छिन् ।

भुटान जाने नेपाली टोलीका सदस्यहरुः

गोलरक्षक : करीना धिमाल, सावित्री किसान, पूजा थापा छन् ।

त्यस्तै डिफेण्डरहरु : मनमाया परियार, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, शरिष्मा थामा मगर, सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी

मिडफिल्डरहरु : कप्तान प्रिती राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल

र स्ट्राइकरहरु : रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी, अनुष्का शेर्पा रहेका छन् ।

आउँदो बिहीबारदेखि सुरु हुने साफ च्याम्पियसिपमा नेपाल, बंगलादेश र पाकिस्तान रहेको समूह ‘बी’ मा परेको छ । समूहको पहिलो खेल साउन २६ गते पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेलमा साउन २८ गते बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया