पदकसहित फर्कियो नेपाली जुडो टोली

 साउन २१, २०७५ सोमबार १७:५६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – थाइल्याण्डको बैंककमा सम्पन्न नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

प्रतियोगितामाा दुई स्वर्ण, एक रजत र एक कांस्य जितेको नेपाली टोलीलाई सोमबार नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतले स्वागत गरे । प्रतियोगितामा सहभागी चारै जना खेलाडीले पदक जितेका थिए ।
 
पुरुष ६६ केजी मुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजी मुनि तौल समूहमा मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । फाइनलमा जापानका खेलाडीलाई पराजित गरेका इन्द्रले यो सफलताले आफूलाई अझै राम्रो गर्न हौसला मिलेको प्रतिक्रिया दिए ।

यसैगरी महिलाको ७८ केजी मूनि तौल समूहमा पुनम श्रेष्ठले रजत जित्दा ५२ केजी मूनि तौल समूहमा देवीका खड्काले काश्य जितिन ।
 
प्रतियोगितामा नेपाल समग्रमा तेस्रो भएको हो । पहिलो स्थानमा जापान रहँदा दोस्रो स्थानमा आयोजक थाइल्याण्ड रह्यो ।
 
गएको संस्करणमा नेपालले २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कास्य पदक जितेका थिए । दुई दिने प्रतियोगिता आइतबार सकिएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया