अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
भक्तपुर – २४ घण्टादेखि परेको ठूला पानीका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा टहरामा बाबुआमासँग बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करिब ११ बजे भक्तपुर नगरपालिका–१, सल्लाघारी इवामुरा मेमोरियल अस्पताल अगाडि रुखको अडकिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
आइतबार दिउँसो साथीकोमा जान्छु भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र सोमबार खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका मुद्धा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।