हिरोसिमा स्मृति दिवस : परमाणु हतियार नष्ट गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

 साउन २१, २०७५ सोमबार १९:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिँड्न विश्व समुदायलाई नै आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउने चाहेको स्पष्ट पार्नुभयो ।

७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विनाशकारी हतियारविरुद्ध आवाज उठाउन विश्व समुदायलाई अपील गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विनाशकारी हतियारलाई निषेध गर्न नेपालले मित्रता, शान्ति र सहअस्तित्वको नीति लिएको बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया