इमरान खान बने पाकिस्तानको प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार

 साउन २१, २०७५ सोमबार २०:२५:४० | एजेन्सी
unn.prixa.net

पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई’ पार्टीको संसदीय समितिले आधिकारिक रुपमा  इमरान खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

क्रिकेटरबाट नेता बनेका ६५ वर्षीय इमरान खानको पार्टी गएको जुलाई २५ मा भएको संसदीय चुनावमा सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको थियो । पीटीआईले ११६ सिटमा जित हात पारेको थियो ।

पीटीआईको संसदीय समितिको बैठकमा बहुमतले इमरान खानलाई प्रधानमन्त्रीको उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता फवाद चौधरीले बताएका छन् ।
सरकार बनाउन पीटीआईलाई १३७ सिट आवश्यक हुन्छ । प्रवक्ता चौधरीका अनुसार पीटीआइलाई १७२ सांसदको समर्थन रहेको छ । 

पाकिस्तानका नयाँ प्रधानमन्त्रीको सपथग्रहण स्वतन्त्रता दिवसको अवसर पारेर अगस्ट १४ मा हुन सक्ने बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • PBK PAUL

    Aug. 6, 2018, 10:44 p.m.

    Dear journalist ; Pakistan does not have acting priminister system so there is presidential system .Kindly do not translate Prisident to "Pradhanmantri." Its wrong translate.Imran khani s the Rastrapatri i.e.Prisident.

  •  0 Reply

तपाईको प्रतिक्रिया