निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न अन्तरिम आदेश

 साउन २१, २०७५ मंगलबार ५:३५:३९ | रासस
unn.prixa.net

काठमाडौं - सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर र अमानवीय व्यवहार भएको हुँदा सो कार्य रोक्न माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले गत साउन १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । 

निवेदनमा पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्था कार्यान्वयन गर्नसमेत माग गरिएको छ । अदालतले दुवै पक्षलाई आगामी भदौ ३ गते छलफलका लागि बोलाइएको छ ।     
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया