३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
ओखलढुंगा– ओखलढुंगामा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । सुनकोसी गाउँपालिका १० कटुञ्जेका ५५ वर्षीय रामबहादुर गुरुङको सोमबार साँझ ज्यान गएको हो ।
सर्पको टोकाइबाट सिकिस्त भएका गुरुङको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार नभएपछि काठमाडौंको टेकु अस्पतालमा उपचार गर्न लैजाँदै गर्दा ज्यान गएको स्थानीय सुशिल कार्कीले बताउनुभयो ।
दुई दिन पहिले घरमै गुरुङलाई सर्पले टोकेको थियो ।