सर्पले टोकेर मृत्यु

 साउन २१, २०७५ मंगलबार ५:४३:३० | उज्यालो सहकर्मी

ओखलढुंगा– ओखलढुंगामा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । सुनकोसी गाउँपालिका १० कटुञ्जेका ५५ वर्षीय रामबहादुर गुरुङको सोमबार साँझ ज्यान गएको हो ।

सर्पको टोकाइबाट सिकिस्त भएका गुरुङको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार नभएपछि काठमाडौंको टेकु अस्पतालमा उपचार गर्न लैजाँदै गर्दा ज्यान गएको स्थानीय सुशिल कार्कीले बताउनुभयो । 

दुई दिन पहिले घरमै गुरुङलाई सर्पले टोकेको थियो । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया