नेपाली राष्ट्रिय टोलीले आज थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्ने

 साउन २२, २०७५ मंगलबार १०:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ५ बजेपछि थाइल्याण्डमा सुरु हुनेछ । एसियाड र साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोली थाइल्याण्ड पुगेको हो ।

मंगलबार नेपाली टीममा रोहित चन्द र किरण चेम्जोङ हुने छैनन् । रोहितलाई उनी आवद्ध रहेको इण्डोनेशियाको क्लबले नपठाएको हो भने किरण आज मात्र थाइल्याण्ड जानेछन् ।

चोटका कारण भरत खवास पनि थाइल्याण्ड गएका छैनन् । नेपालको २३ वर्षमुनिको टोली अभ्यास खेलमा आउँदो शुक्रबार थाइल्याण्डको २३ वर्षमुनिको टोलीसंग खेल्नेछ । साफ र एसियन गेम्सको लागि एन्फाले २६ खेलाडीलाई अभ्यासका लागि थाइल्याण्डमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Ganesh thakuree

    Aug. 7, 2018, 10:27 a.m.

    Best of luck

  •  0 Reply

तपाईको प्रतिक्रिया