गएको वर्ष तपाईँको जिल्लाले कति राजश्व उठायो ?

 साउन २२, २०७५ मंगलबार १२:१३:५१ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले गएको आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व उठाएको दाबी गरेको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले फरक फरक तथ्यांक सार्वजनिक गरे पनि राजश्व भने लक्ष्यका हाराहारीमा संकलन भएको छ ।

अर्थ मन्त्रालयले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । बेरुजु रकम समेत जोड्दा ७  खर्ब ६६ अर्ब रुपैयाँ राजश्व संकलन भएको अर्थको दावी छ । तर सरकारी आय व्ययको हिसाबकिताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले भने ७ खर्ब २६ अर्ब ६२ करोड रुपैँया मात्रै राजश्व संकलन भएको छ ।

सरकारले आर्थिक बर्ष २०७४/७५ मा उठाएको राजश्वको जिल्लागत विवरण पनि सार्वजनिक गरेको छ । जिल्लागत विवरणमा सबैभन्दा धेरै राजश्व ललितपुरले उठाएको छ । कर तथा गैरकर गरेर ललितपुरले १ खर्ब ७६ अर्ब रुपैँया राजश्व उठाएको छ । यसैगरी पर्सा जिल्लामा १ खर्ब ६३ अर्ब ९६ करोड रुपैयाँ राजश्व उठाएको छ । रुकुम पूर्वमा सबैभन्दा कम ३१ लाख ६१ हजार रुपैँया मात्रै राजश्व संकलन भएको छ । हेर्नुहोस् कुन जिल्लाले कति राजश्व उठाए :

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया