सडक बनाउँदा कागजी प्रक्रिया मिलाएर पैसा खाएकाे आरोप

 साउन २२, २०७५ मंगलबार १४:५१:३५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्लाको कुम्मायक र सदरमुकाम फिदिम जोड्ने सडक सञ्जाल फिदिम–यासोक सडकखण्ड मर्मत कार्यमा प्राविधिक स्टिमेट अनुसार काम नभएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।

प्राविधिक अनुमान अनुसार ५१ वटा ग्याबिन वालको १ सय ५३ घनमिटर काम गर्नुपर्ने थियो । तर उपभोक्ता समितिमार्फत भएको काम ३९ वटा मात्र ग्याबिन वालको काम भएपछि स्थानीयले छानबिनको माग गरेका हुन् ।

गाउँपालिकाबाट विनियोजित २० लाख योजना रहेको सडक मर्मत कार्यमा अनुगमन समितिको सिफारिस नै बिना भुक्तानी लिएको अनुगमन समितिका संयोजक राजु खतिवडाले बताउनुभयो ।

तमोर करिडोरमा काम गर्ने एस्काभेटरले मर्मत गरेको सडक देखाएर अनुगमन समितिले सिफारिस नै नगरी कागजी प्रक्रिया मिलाएर भुक्तानी लिएकोले यस विषयमा तत्काल छानबिन हुनुपर्ने खतिवडाको भनाई रहेको छ ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले सडक मर्मतको जिम्मा पाएको समितिले प्राविधिक स्टिमेट अनुसार काम नगरेकोले अनुगमन समितिको रिपोर्टको आधारमा योजनाको कुल २० लाखमध्ये १६ लाख मात्र भुक्तानी दिएको बताउनुभयो ।

अनुगमन समितिले प्रतिवेदन समयमै नबुझाउँदा रिपोर्टकै  आधारमा रकम भुक्तानी दिएको तर कागजी प्रक्रिया मिलाउने काम भने नभएको चेम्जोङको भनाई रहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया