गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

 साउन २२, २०७५ मंगलबार १५:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । महिला र बालबालिकामाथि श्रृखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नु परेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिनुभयो ।

उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गर्नुभयो । प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध र्‍याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कारबाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • rocket vanja

    Aug. 7, 2018, 3:34 p.m.

    देशमा जनताको सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजिनाम दिए उत्तम हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया