कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
ओखलढुंगा – ओखलढुंगामा निरन्तरको वर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेका छन् ।
खिजिदेम्बा गाउँपालिका –९, र मोलुङ गाउँपालिका –७, को सिमानामा पर्ने पात्लेमा सोमबार रातिको पहिरोले डाटी शेर्पा र लमु शेर्पाको घर पुरेको छ । पहिरोले मानवीय क्षति नभए पनि एक हल गोरु र एउटा कुकुर बगाएको मोलुङ गाँउपालिका –७, का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो ।
गाउँमाथिबाट पहिरो खसेकाले त्यसै ठाउँका ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताउनुभयो । लगातार वर्षा भइरहेकाले ओखलढुंगामा पहिरोको जोखिम बढेको छ ।