छोरी हत्याको आरोपमा आमाबुबासहित चारजना पक्राउ

 साउन २२, २०७५ मंगलबार १७:५१:२२ | जयनारायण यादव
unn.prixa.net

बारा  – छोरी हत्याको आरोपमा प्रहरीले युवतीका आमा बुबासहित चार जनालाई पक्राउ गरेको छ ।

कलैया उप–महानगरपालिका वडा नम्बर ५ कि १८ वर्षीय प्रियंका मिश्राको हत्या आरोपमा प्रहरीले मिश्राका बुबा वृजकिशोर मिश्रा, आमा पुष्पा देवी, काकाहरु हरिकिशोर मिश्रा र रामनाथ मिश्रालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो ।

पक्राउ परेका चारैजना उपर कर्तव्य ज्यान मुद्दा अन्तर्गत जिल्ला अदालतबाट चार दिनको  म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो ।

वीरगंजस्थित द हिमाल इन्स्टिच्यूट अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट प्रथम वर्षमा अध्ययनरत मिश्राको गएको असार १२ गते आफनै घरमा बुबासहितका घरपरिवारका सदस्यले कुटपिट गरी हत्या गरेको आशंकामा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताउनुभयो ।

प्रहरी श्रोतका अनुसार मृतक युवती वीरगंजका एक युवकसँग प्रेम सम्बन्धमा रहेकी थिइन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया