थाइल्याण्डकाे पुलिस टेरो एफसीसँग नेपाल १–० ले पराजित, अादित्यकाे अात्मघाती गाेल

 साउन २२, २०७५ मंगलबार १८:३५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एसियाली खेलकुदको तयारीका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत नेपाली यू–२३ टोली मंगलबार त्यहाँको स्थानीय क्लबसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपालले पुलिस टेरो एफसीसँग १–० गोलको पराजय ब्यहोरेको हो । सिनियर टिमका सदस्यहरुलाई विश्राम दिइएको खेलमा युवा खेलाडीले लय समाउन सकेनन् ।

थाइ प्रिमियर लिग क्लब पुलिस टेरोको बी टिमसँग नेपालले निकै कमजोर खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमा आदित्य चौधरीले गरेको आत्मघाती गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

नेपालले आगामी शनिबार थाइल्याण्डको ओलम्पिक टोलीविरुद्ध अर्को मैत्रीपूर्ण फुटबल खेल्नेछ । त्यसपछि नेपाली टोली इण्डोनेसिया प्रस्थान गर्नेछ । १८ औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डी मा जापान, भियतनाम र पाकिस्तानसँगै छ । नेपालले समूहको आफ्नो पहिलो खेल जापानविरुद्ध साउन २९ गते खेल्दैछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया