भारतीय क्रिकेट प्रशिक्षक रवि शास्त्रीसँगको प्रेममा बलिउडकी यी न...
भदौ १८, २०७५ सोमवार
इजिप्टका भेट्रान गोलकिपर एस्सम अल हदारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
रसिया विश्वकप फुटबल खेलेका उनले सबैभन्दा बुढो उमेरसम्म फुटबल खेल्ने कीर्तिमान बनाएका थिए । ४५ वर्षीय गोलकिपर एस्समले साउदीअरेबियाविरुद्ध खेलेर यो इतिहास कायम गरेका थिए । इजिप्टले अहिले सम्म ३ वटा विश्वकप मात्रै खेलेको छ । १९३४, १९९० र २०१८ को विश्वकपमा इजिप्ट सहभागी थियो ।
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको इजिप्टले हालै सम्पन्न विश्वकपमा सहमूह चरणबाटै बिदा भएको थियो । तर भेट्रान गोलकिपर एस्सम अल हदारीले भने उक्त विश्वकपमा रेकर्ड बनाएका हुन् । सन् १९९६ मा इजिप्टको राष्ट्रिय टिममा डेब्यू गरेका हाड्रेले १५९ क्याप जितेका छन् ।