रियलमा जाने सोच बनाएका गोलरक्षक कोट्वालाई चेल्सीले गर्ने भयो यस्तो कारबाही

 साउन २२, २०७५ मंगलबार २२:५०:८ | एजेन्सी
unn.prixa.net

चेल्सीले गोलकिपर थिबट कोट्वालाई कारबाही गर्ने भएको छ । प्रशिक्षणका लागि उपस्थित नहुँदा खेलाडीले अनुशासनको कारबाही भोग्नु पर्नेछ ।

रियल मड्रिडमा जाने चर्चा चलिरहेका बेला प्रशिक्षणका लागि मैदानमा उपस्थित नभएका बेल्जियन गोलकिपरलाई चेल्सीले कारबाहीस्वरुप दुई लाख पाउण्डको जरिवाना गराउन सक्नेछ । 

बेल्जियम टिमका इडेन हाजार्ड र मिची बात्सुवाईसँगै कोट्वा पनि प्रशिक्षणमा सोमबारसम्म फर्किनु पर्ने थियो । तर दुई खेलाडी मैदानमा फर्किँदा कोट्वा भने अहिले पनि आफ्नो परिवारका साथमा मड्रिडमा नै छ । यस सम्बन्धमा प्रशिक्षक माउरिजियो सार्रीले गोलकिपरसँग कुरा गर्ने बुझिएको छ ।

सार्रीले एक सिजन चेल्सीमा रहनका लागि मनाउन प्रयास गर्नेछन् । २६ वर्षे कोट्वालाई चेल्सीले पनि बेच्ने सोच बनाएको छ । तर त्यसका लागि क्लब उनको स्थानमा उपयुक्त विकल्पको खोजीमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया